images
images

ऋण उठाउने जिम्मेवारी खोसिएपछि राष्ट्र बैंकले फेर्यो विभागको नाम


  • 1.1K
    SHARES
  • २०७८ आश्विन ११ गते सोमबार

    ऋण उठाउने जिम्मेवारी खोसिएपछि राष्ट्र बैंकले फेर्यो विभागको नाम

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आफू अन्तर्गत एउटा विभागको नाम फेरेको छ । बैंकले राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन गरी ‘मौद्रिक व्यवस्थापन विभाग’ नामाकरण गरेको हो । 

    यो निर्णय सञ्चालक समितिको भदौ ३० गतेकै निर्णयले गरेको थियो । सो निर्णय सोमबारदेखि कार्यान्वयनमा आएको हो । 

    हाल सरकारको आन्तरिक ऋण बिक्रीको जिम्मेवारी लिँदै आएकोमा अब सरकारी संयन्त्रबाट ऋण उठाउने तयारी सुरु भएपछि राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन भएको हो । 

    अहिले सरकारले राष्ट्रऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन विभाग नै गठन गरेको छ । विभागले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र बिक्रीको काम गर्नेछ । 


    images
    images

    Logo