काठमाडौं । दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौं लगायत देशभरका ठाउँमा सवारी दुर्घटना लगायत अन्य विभिन्न दुर्घटनामा परी १० जनाको मृत्यु भएको हो ।
नवलपरासी (पश्चिम), सुनवल नगरपालिका–१२ नबिन टोलमा ना।८ ख २८७७ नम्बरको ट्रकले प्रदेश ३(०२(००८ प ४३२३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही बुटवल उपमहानगरपालिका(१५ सेम्लार बस्ने २५ वर्षीय सौरभ सुवेदीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएको उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, जनकपुर उपमहानगरपालिका(८ पिडारी चोकमा ना।७ ख ४७४१ नम्बरको टिपर र ज।९ प १४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत मुजफरपुर बिहार बस्ने ४५ वर्षीय नन्द किशोर दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताप्लेजुङ, सिरिजंघा गाउँपालिका(४ तेल्लोकमा मे।१ त ६३९० नम्बरको ट्याक्टरको ठक्करबार पदैलयात्री ४५ वर्षीय ईन्द्र भट्टराईको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बाँके, कोहलपुर नगरपालिका(९ पार्वतीपुर नजिक सडकमा लु।१ च ६९८७ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका(८ पिपिरी बस्ने ३५ वर्षीय धर्मराज घर्तीको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।
चितवन, रत्ननगर नगरपालिका(५ तरौलीस्थित भित्री सडकमा ना।८ प २६८३ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री हाल वतन नखुलेका बाजे नामले चिनिने ७५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निर्माणाधीन घरबाट लडेर १ जनाको मृत्यु
रुपन्देही । बुटवल उपमहानगरपालिका(१४ पत्थरगंजस्थित देव बहादुर खत्रीको निर्माणाधीन घरमा मिस्त्री काम गर्ने क्रममा लडेर दाङ लमही नगरपालिका(९ वनभुटानी बस्ने ३० वर्षीय किसन चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ ।
उक्त गरको तेस्रो तलामा प्लास्टर गर्ने क्रममा अचानक बाँस भाँचिएर लड्दा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै खसेर घाइते भएका बाँके कोहलपुर नगरपालिका(२ बर्दहवा बस्ने २५ वर्षीय गोबिन्द प्रसाद थारुको सोही अस्पतालमा उपचार भईरहेको छ ।
डुबेर मृत्यु
राजदेवी नगरपालिका–९ ब्रहमपुरीस्थित बागमती खोलामा डुबेर सोही ठाउँ बस्ने जितन रामको छोरा १० वर्षीय अदित रामको आइतबार दिउँसो मृत्यु भएको छ ।
अदित र सोही ठाउँ बस्ने जगु पासवानको छोरा ११ वर्षीय चिन्टु पासवान नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वेलविछवाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा अदितलाई घाइते अवस्थामा फेला पारी उपचारको लागि गौर अस्पताल पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । साथै चिन्टुको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं महानगरपालिका(१६ माछापोखरी बसन्तनगरस्थित गेष्ट हाउसको कोठामा सोही महानगरपालिका–१६ बोहोटार बस्ने नुवाकोट बिदुर नगरपालिका–१० घर भएका ५५ वर्षीया संतुमाया डंगोल आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित कोठामा ललितपुर महाकाल गाउँपालिका–४ स्थित गुम्बामा पढ्न बसेका मकवानपुर राक्सिराङ गाउँपालिका–३ घर भएका १६ वर्षीय पेलसाङ लामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
ताप्लेजुङ, मेरिङदेन गाउँपालिका–१ महबुङस्थित मैवाखोलाको बगरमा सोही गाउँपालिका–२ बस्ने ५१ वर्षीय टेक बहादुर लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन् ।



