काठमाडौं । १७ केजी अवैध लागूऔषध गाँजा श्रोत नखुलेको रकम सहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका–१४ जतुवा बस्ने २५ बर्षीया आरती देवी यादव रहेकी छिन् । १७ केजी अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
श्रोत नखुलेको रकम सहित २ जना पक्राउ
ईशनाथ नगरपालिका–२ औरैया स्थित मिठुअवा टोलबाट श्रोत नखुलेको नेपाली नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईशनाथ नगरपालिका–३ औरैया बस्ने २९ वर्षीय निरज कुमार साह र उनकै बुवा ७० वर्षीय रामचन्द्र राउत रहेका छन् ।
नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० वाई ७२२२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त श्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।



