images
images

अर्थमन्त्रीको सचिवालयले भन्यो : ‘रातो कर’ हामीले लगाएका हैनौं, बरु घटाएका छाैं


  • 390
    SHARES
  • २०७८ आश्विन ८ गते शुक्रबार

    अर्थमन्त्रीको सचिवालयले भन्यो : ‘रातो कर’ हामीले लगाएका हैनौं, बरु घटाएका छाैं

    काठमाडौं । अर्थ मन्त्रालयले प्रतिस्थापन विधेयकमार्फत् स्यानिटरी प्याडको भन्सार नबढाएको प्रष्ट पारेको छ । प्रतिनिधिसभाबाट पारित भएको आर्थिक विधेयकमा त्यस्तो प्याडको भन्सार बढाएको भन्दै महिला अधिकारकर्मीहरु विरोधमा उत्रिएको बेला मन्त्रालयले यस्तो प्रष्टोक्ति दिएको हो । 

    स्यानिटरी प्याडमा आर्थिक वर्ष २०६९/७० देखि नै १५ प्रतिशत भन्सार महशुल लाग्दै आएको भन्दै जेठ १५ गते अध्यादेशमार्फत् ल्याइएको बजेटमा पनि यस्तो कर १५ प्रतिशत भएको र अहिले पनि सोही बराबर रहेको विज्ञप्तीमा जनाइएको छ । 

    ‘स्यानिटरी प्याड आयातमा आ.व. २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको हो, बढाइएको होइन । तसर्थ वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौं,’ अर्थमन्त्रीको सचिवालयले जारी गरेको प्रष्टिकरणमा भनिएको छ, ‘बरु स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको छ ।’

    स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको समेत मन्त्रालयले जनाएको छ । ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरुको भ्रममा नपर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।  

    यसअघि सो भन्सार महशुललाई ‘रातो कर’को संज्ञा दिँदै महिला अधिकारकर्मीहरु विरोधमा उत्रिएका थिए । 

    Capture.PNG


    images
    images

    Logo