images
images

गैंडाको खाग सहित ललितपुरका एक जना पक्राउ


  • 431
    SHARES
  • २०७८ आश्विन ८ गते शुक्रबार

    गैंडाको खाग सहित ललितपुरका एक जना पक्राउ

    काठमाडौं । संरक्षित वन्यजन्तु गैंडाको खाग सहित ललितपुरका एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेत रहेका छन् ।

    उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–८ गौशाला तिलगंगा एरियाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तु सहित बिहिबार पक्राउ गरेको हो  । 


    संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त वस्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । 

    उक्त वस्तु सहित उनलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाईएको उक्त व्यूरोले जनाएको छ । 


    images
    images

    Logo