काठमाडौं । अवैध लागूऔषध सहित पक्राउ ठगीको आरोपमा ५ जना पक्राउ परेका छन् ।
सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वारट्स एप, इमो प्रयोगकर्तालाई पार्सल पठाइ दिन्छु भन्दै गरेको र अवैध लागूऔषध ओसारपसार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अवैध लागूऔषध सहित पक्राउ
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब १ किलो ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३९ वर्षीय मिलन कुमार अधिकारीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । कैलाली टिकापुरबाट काठमाडौंतर्फ आउदै गरेको सुदूर पश्चिम प्रदेश ०१(००१ ख २१८१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनले लुकाई ल्याएको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, भिमफेदी गाउँपालिका–२ भैंसेबाट २ किलो १ सय ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित मकवानपुर कैलाश गाउँपालिका–२ बस्ने २१ वर्षीय राजन मुक्तानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँमा झोला बोकी शंकास्पद रुपमा हिँडिरहेका उनलाई प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा झोलामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको छ ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोईली बस्ने ३३ वर्षीया निशा वली र उनकै आमा ६० वर्षीया तुलसी रिमाललाई ३ सय १० मिलिग्राम ब्राउनसुगर सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका–४ एरीचोक हिमाल होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पार्सल पठाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ
सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वारट्स एप, इमो प्रयोगकर्तालाई पार्सल पठाइ दिन्छु भन्दै नगद ५ लाख १० हजार रुपैयाँ ठगी गरको अभियोगमा भारत दार्जिङ सिलगुढी पानीघट्ट बजार घर भएका ३३ वर्षीय सन्दिप क्षेत्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उनले फेसबुकमा आफूलाई यूके नागरिक हुँ भन्दै न्यानसी माइकलको नामबाट महिला प्रयोगकर्ताहरुलाई फ्रेन्ड रिकोएस्ट पठाई प्रेम समेत गर्ने बताएर बिभिन्न प्रकारका उपहारहरु पार्सल पठाएको भनी बताएको र बिभिन्न कागजात सहित पार्सल ट्रयाकिङ गर्ने नम्बर समेत उपलब्ध गराई पीडितलाई बिश्वासमा पारी उक्त नगद ठगी गरेको उजुरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उनलाई झापाबाट पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा संन्दिप प्रेन्टि क्रोस्टल (पानीटंकी सिलगुढी) चर्चका पादरी रहेको र चर्चको बिभिन्न धार्मिक कार्यक्रममा भेट भएका महिलाहरुलाई क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको रकम आफ्नो खातामा झिकाउन नमिल्ने भएको भनी बिश्वासमा पारी खाता खोल्न लगाई आफूले ठगी गरेको रकम निज महिलाहरुको खातामा जम्मा गरी महिलाहरु मार्फत भुक्तानी लिने गरेको खुल्न आएको छ ।
उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।



