images
images

एनआरएनए अध्यक्षका लागि रवीना थापाले गरिन् उम्मेदवारी घोषणा


  • 266
    SHARES
  • २०७८ आश्विन ८ गते शुक्रबार

    एनआरएनए अध्यक्षका लागि रवीना थापाले गरिन् उम्मेदवारी घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ अध्यक्षका लागि हालकी उपाध्यक्ष रवीना थापाले उम्मेदवारी घोषणा गरेकी छन् । अमेरिकाबाट एनआरएनको प्रतिनिधित्व गर्ने थापाले बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिने बताएकी हुन् । उनले एनआरएनमा पनि महिला नेतृत्व आउनुपर्ने भन्दै उम्मेदवारी दिएकी हुन् । 

    उनीसँगै उपाध्यक्षमा बेलायतका जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले समेत उम्मेदवारी दिने घोषणा गरेका छन् । थापा एनआरएनएमा अध्यक्षमा उम्मेदवारी दिने दोस्रो महिला हुन् । 

    गैरआवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिलाको सशक्तिकरणलाई मुख्य चुनावी एजेन्डा बनाएको उनले बताइन् । यसैगरी उनले विदेशबाट मताधिकार र दोहोरो करका विषयलाई समेत प्रमुखताका साथ उठाउने बताइन् । 

    सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकारको निर्णय गरेको र त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने उनको भनाइ थियो । उनीसहित उनको समूहमा रहेका अधिकारी र गुरुङले समेत वैदेशिक रोजगारीमा जानेका लागि उनीहरुको हित र भूतपूर्व गोर्खा सैनिकको अधिकारमा काम गर्ने प्रतिबद्धता जनाउँदै उम्मेदवारी दिएको बताएका छन् ।

    थापा समूहले विदेशमा थोरै आम्दानी भएका नेपालीको पुँजीलाई संकलन गरेर समूह र साना क्षेत्रमा लगानी गर्ने योजना रहेको बताएको छ । विदेशमा रहेका एनआरएनले सिकेको सिप र ज्ञान उनीहरुले ल्याएको पुँजीभन्दा ठूलो भएको उनीहरुको भनाइ छ ।


    images
    images

    Logo