images
images

पाँच दिनमा सरकारद्वारा ३ अर्ब ४१ करोड राजस्व संकलन


  • 449
    SHARES
  • २०८१ श्रावण ६ गते आइतबार

    पाँच दिनमा सरकारद्वारा ३ अर्ब ४१ करोड राजस्व संकलन

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ५ दिनमा सरकारले ३ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१/८२ को साउन १ देखि ५ गतेसम्ममा ३ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको हो । 

    सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । पहिलो ५ दिनमा संकलन भएको राजस्व चालू आर्थिक वर्षका लागि सरकारले लिएको लक्ष्यको ०.२४ प्रतिशत हो । 

    पाँच दिनको अवधिमा सरकारले कर राजस्व बापत ३ अर्ब १८ करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ । उक्त शिर्षकमा संकलन भएको राजस्व सरकारको लक्ष्यको ०.२५ प्रतिशत हो । चालू आर्थिक वर्षमा सरकारले १२ खर्ब ८२ अर्ब रुपैयाँ कर राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । 

    त्यस्तै, सोही अवधिमा २३ करोड ६१ लाख रुपैयाँ गैरकर राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ०.१८ प्रतिशत हो । सरकारले गैरकर मार्फत् १ खर्ब ३५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । 


    images
    images

    Logo