images
images

गत वर्ष १५ प्रतिशतले बढ्यो घरजग्गा कारोबार, राजस्व संकलन बढेन


  • 449
    SHARES
  • २०८१ श्रावण ४ गते शुक्रबार

    गत वर्ष १५ प्रतिशतले बढ्यो घरजग्गा कारोबार, राजस्व संकलन बढेन

    काठमाडौं । आर्थिक वर्ष २०७९/८० को तुलनामा गत वर्ष घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष घरजग्गाको कारोबार साढे १५ प्रतिशतले बढेको हो । कारोबारमा सुधार आएको भएतापनि राजस्व संकलनको अवस्था भने बढेको छैन । 

    आर्थिक वर्ष २०७९/८० मा कुल ४ लाख ६३ हजार ३२२ लिखत पारित भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्षमा सो संख्या बढेर ५ लाख ३५ हजार ६८९ पुगेको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.६१ प्रतिशतले बढी हो ।

    gharjagga karobar 2079-80 and 2080-81.jpg
    स्राेत : भूमि व्यवस्था तथा अभिलेख विभाग

    लिखत पारितको संख्यामा वृद्धि भएतापनि जग्गा कारोबारवापत संकलन हुने राजस्वमा भने खासै वृद्धि भएको देखिँदैन । आर्थिक वर्ष २०७९/८० मा घरजग्गा कारोबारवापत ४१ अर्ब १५ करोड रुपैयाँबराबर रकम राजस्व संकलन भएको थियो । सो शिर्षकको राजस्वमा गत आर्थिक वर्ष ३.११ प्रतिशतले बढेर ४२ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो । 

    gharjagga karobar.jpg
    स्राेत : भूमि व्यवस्था तथा अभिलेख विभाग

     


    images
    images

    Logo