काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् आईएमएफका अनुसार गत वर्ष अधोगतिमा गएको नेपालको आर्थिक अवस्थामा केही सुधार आउन थालेको छ । विस्तारै यसले गति पक्रने सम्भावना देखिन्छ ।
आईएमएफले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मौद्रिक नीतिले लिएको सावधान उदार नीति, सरकारले बजेटमार्फत पुँजीगत खर्च बढाउन देखाएको चासो, जलविद्युत्को बढदो उत्पादन तथा पर्यटक आगमनमा देखिएको सकारात्मकताले गर्दा आउँदो वर्ष सकारात्मक हुने सम्भावना मुद्रा कोषले देखाएको हो ।
गएको आर्थिक वर्षमा तीन प्रतिशत वृद्धि भएको अर्थतन्त्र आउँदो वर्ष ४.९ प्रतिशत पुग्ने सम्भावना रहेको आकलन कोषले गरेको छ ।