images
images

प्रहरीद्वारा अवैध सहित १० लाख बराबरको सामान बरामद


  • 313
    SHARES
  • २०७८ आश्विन ६ गते बुधबार

    प्रहरीद्वारा अवैध सहित १० लाख बराबरको सामान बरामद

    काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा ना।८ ख ७६७२ नम्बरको बसबाट ५७ थान विभिन्न कम्पनीका मोबाइल मंगलबार दिउँसो वेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ ।

    महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको सिट मुनि झोलामा बिल नभएको अवस्थामा उक्त मोबाइल फेला पारी बरामद गरेको हो ।   
     

    कपिलवस्तु ।  बाणगंगा नगरपालिका– पिपराबाट अवैध रुपमा ल्याउँदै गरेको करिब १० लाख ५० हजार रुपैयाँ बराबरको  २४ वटा खसी बोका र गाडी सहित नवलपरासी पश्चिम बर्दघाट नगरपालिका(१४ बस्ने २३ वर्षीय हरि प्रसाद चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    चौधरीले चलाएको लु।१ च ८०४५ नम्बरको पिकअपलाई ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा करिब २ लाख ५० हजार रुपैयाँ मुल्य बराबरको उक्त खसी बोका र ८ लाख ५० हजार रुपैयाँ मूल्य बरारको उक्त गाडी फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई बरामद खसी बोका र गाडी सहित आवश्यक कारबाहीका लागि सुठौली भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

     


    images
    images

    Logo