काठमाडौं । पछिल्लो २४ घण्टामा सवारी दुर्घटना र पहिरोमा परी मा १५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौं लगायत देशका विभिन्न ठाउँमा सवारी दुर्घटनामा । पहिरोमा पुरिएर र अन्य दुर्घटनामा परी १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–३२ छाप्रो बस्ने रामेछाप खर्पु घर भएका ३२ वर्षीय लक्ष्मण सुनारको मंगलबार साँझ भएको सवारी दुर्घटनामा मृत्यु भएको छ । सोही ठाउँमा पदैल हिँडिरहेको अवस्थामा प्रदेश ३(०२(०११ प ३६१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मदरल्याण्ड अस्पताल पेप्सीकोला हुँदै ट्रमा सेन्टरमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट, कटहरिया नगरपालिका–८ बलुवास्थित सडकमा ना।४२ प ७१४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक देवाहिगोनाहि नगरपालिका(३ बस्ने २९ वर्षीय पप्पु पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कटहरियास्थित जिवनज्योति हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
पहिरोमा पुरिएर ३ जनाको मृत्यु तथा सडक अवरोध
गुल्मी, रेशुङ्गा नगरपालिका–८ थुम्का लाईन बस्ने तिलक परियारको पक्की घरमा गएराति पहिरो जाँदा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तिलककी छोरीहरु २१ वर्षीया भावना परियार, १४ वर्षीया गंगा परियार र जमुना परियार रहेका छन् । उनको घरमा पहिरो जाँदा ३ जना व्यक्तिहरु पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले स्थानीय र नेपाली सेनाको सहयोगमा खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको हो ।
चितवन, ईच्छाकामना गाउँपालिका–४ घोप्टे भिरमा मंगलबार राति पहिरो जाँदा पृथ्वी राजमार्ग अवरोध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ हुनासाथ ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।
डुबेर २ जनाको मृत्यु
सप्तरी, खडक नगरपालिका(८ मुसहरनिया बस्ने राजेश कुमार चौधरीकी छोरी ३ वर्षीया एलिजा कुमारी चौधरीको डुबेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नै घर नजिक रहेको पोखरीमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका उनको सप्त्ऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
कञ्चनपुर, पुनर्बास नगरपालिका(११ बस्ने ४० वर्षीय माने खत्रीको डुबेर मंगलबार साँझ मृत्यु भएको छ । सोही ठाउँ अमरबस्तीस्थित पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ढुङ्गा लागेर १ जनाको मृत्यु
सहिदलखन गाउँपालिका(८ मैलुङ ढोडेनीस्थित बाटोमा ढुङ्गा निकाल्ने क्रममा ढुङ्गा खसेर च्यापीँदा सोही ठाउँस्थित बराहफाँट बस्ने ४५ वर्षीय वीर बहादुर परियारको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
।
लडेर २ जनाको मृत्यु
रोल्पा नगरपालिका(९ हाङबाङ बस्ने २५ वर्षीया संगिता पुन र उनकै छोरी २ वर्षीया कृतिका पुनको भिरबाट लडेर मंगलबार साँझ मृत्यु भएको छ ।
घरदेखि करिब १ सय ५० मिटरटाढा रहेको मकैबारीमा बाँदर लखेटी कृतिकालाई बोकी संगिता घर फर्किने क्रममा भिरबाट लड्दा दुवै जनाको मृत्यु भएको हो ।
गोरुको आक्रमणबाट १ जनाको मृत्यु
पाँचखाल नगरपालिका–६ ढुंगानाबेसी बस्ने ७० वर्षीय पदम बहादुर खडकाको बहर गोरुको आक्रमणबाट मंगलबार साँझ मृत्यु भएको छ ।
आफ्नै घरको गोठमा पालेको बहर गोरुले अचानक हान्दा गम्भीर घाइते भएका उनको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृत अवस्थामा फेला
काठमाडौं महानगरपालिका–६ बौद्ध पिपलबोट नजिक ६ नम्बरको वडा कार्यालयको निर्माणाधिन भवनको दोस्रो तत्लामा हाल नाम, थर नखुलेका रामेछाप घर बताउने ४० वर्षीया उमा तामाङ नाम गरेकी महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
गोरखा, गोरखा नगरपालिका–७ बतासेस्थित पौवाखेत बस्ने ६० वर्षीय चन्द्र बहादुर विक आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, ग्रामथान गाउँपालिका–१ लखन्तरी खापटोल बस्ने ७५ वर्षीय घुरनलाल चौधरी आफ्नै घरदेखि करिब १ किलोमटर टाढा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, डुडुवा गाउँपालिका–१ खडैचा बस्ने ८५ वर्षीय नन्कौ अहिर राप्तीसोनारी गाउँपालिका(६ भुरीडाँडा जंगलको भैंसीखोलाको पानी जमेको तलाऊमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । मालपोत कार्यालय नेपालगंज बाँकेमा जान्छु भनि घरबाट हिँडेका उनी सम्पर्कमा नआएपछि उनको खोजी गर्ने क्रममा उक्त तलाऊमा शव फेला परेको हो ।



