काठमाडौं । नेपाली सेनाले ४६ जना कर्मचारीका लागि भर्ना खुलाएको छ । प्राविधिकतर्फ समूहतर्फका विभिन्न पदमा सेनाले सो खुला तथा आरक्षण समेत गरी उक्त परिमाणमा रोजगारीको अवसर दिने भएको हो ।
यसरी आवेदन खुलेका पदमा लेखापाल, भिडियोग्राफर, लाइब्रेरियन, इलेक्ट्रिेसियन, इलेक्ट्रोनिक इन्जिनियर, मेकानिकल इन्जिनियर, इलेक्ट्रोनिक इन्जिनियर, बायोमेडिकल इन्जिनियर, डाक्टर, डेन्टल डाक्टर, फार्मेसियन, पाइलट लगायत छन् ।