काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
प्राधिकरणको पुर्व निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्ति खारेज गर्दै आफ्नो नियुक्ति गर्न अन्तरिम आदेश माग गर्दै अदालतमा रिट दायर गरेका थिए । उनको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ ।
कारण देखाउ आदेशसँगै कुलमानलाई काम गर्ने बाटो खुलेको छ ।