काठमाडौँ । राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुको कार्यविभाजन भएको छ । भदौ २० गते बसेको आयोगको बैठकले आयोगका उपाध्यक्षसहित ७ जना सदस्यहरुको कार्यविभाजन गरेको थियो । सो कार्यविभाजनलाई आयोगले अन्तिम रुप दिएको हो ।
मंगलबार सूचना जारी गर्दै आयोगले पदाधिकारीहरुको कार्यविभाजन विषय क्षेत्रको आधारमा गरेको जनाएको छ । साथै आयोगले पदाधिकारीले हेर्ने मन्त्रालय र महाशाखा तोकिएको छ ।
सरकारले साउन १२ गते डा. विश्वनाथ पौडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । उपाध्यक्ष पौडेललाई समष्टिगत आर्थिक क्षेत्र , अर्थ, रक्षा, परराष्ट्र, गृह, भौतिक पूर्वाधा तथा यातायात मन्त्रालय हेर्ने जिम्मा दिएको छ । पौडेलको भागमा आर्थिक व्यवस्थापन अनुगमन तथा मुल्याङ्कन र पुर्वाधार तथा उत्पादन महाशाखा अन्तर्गतको काम परेको छ ।
बाँकि सदस्यहरुको कार्यविभाजन हेर्नुहोस् -




