images
images

प्रतिलिपि अधिकार ऐन विरुद्दको कसूर गर्ने व्यक्ति पक्राउ


  • 400
    SHARES
  • २०७८ आश्विन ५ गते मंगलबार

    प्रतिलिपि अधिकार ऐन विरुद्दको कसूर गर्ने व्यक्ति पक्राउ

    पर्सा । प्रतिलिपि अधिकार ऐन विरूद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिका–८ बस्ने अन्नपूर्ण मसला उद्योगका संचालक ३० वर्षीय रोहित साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

    उक्त मसला उद्योगमा बढी नाफा कमाउने उदेस्यले आफ्नो उद्योगको मसलाहरूमा चाटकर बिएमपि स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगंज महानगर तथा अन्य स्थानहरूमा बिक्री बितरण गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट समेतबाट खटिएको प्रहरीले उक्त अन्नपूर्ण मसला उद्योगमा तलासी गर्दा चाटकर बिएमपि स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलिङ गरेका मसला ६ सय ५४ पोका, कच्चा मसलाहरू १० बोरा, मसला पिस्ने मेसिन १ थान र चाटकर उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलहरू बरामद गरी उनलाई पक्राउ गरेको हो । 

    उनी उपर पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ प्रतिलिपि अधिकार ऐन, २०५९ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाएको उक्त कार्यालयले जनाएको छ । 

     


    images
    images

    Logo