images
images

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु 


  • 311
    SHARES
  • २०७८ आश्विन ५ गते मंगलबार

    सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु 

    काठमाडौं । सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । काठमाडौं लगायत देशका विभिन्न ठाउँमा सवारी दुर्घटना
    र अन्य घटनामा परी ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    सप्तरी । खडक नगरपालिका–६ विरपुरस्थित सडकमा बा।१४ च ६२७९ नम्बरको पिकअप र ना।३७ प ३८९४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको छ । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनको युनिभर्सल अस्पताल कल्याणपुर हुँदै गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका पिकअप चालकको प्रहरीले खोजी गरिरेहको छ । 
     
    करेन्ट लागेर १ जनाको मृत्यु 

    कञ्चनपुर । सुक्लाफाँटा नगरपालिका१० झलारी बस्ने २७ वर्षीया लक्ष्मी कुँवरको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ । आफ्नै घरमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । 

    मृत अवस्थामा फेला  

    कैलाली । जानकी गाउँपालिका–९ शिवशक्ति सामुदायिक वन पछाडि कर्णाली नदीको किनारमा करिब ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

    रुपन्देही, बुटवल उपमहानगरपालिका–१६ नरेनापुरस्थित दानव खोलाले बगाइ ल्याएको अवस्थामा करिब १८ महिनाको बालक सोमबार मृत अवस्थामा फेला परेका छन् । 
     

     


    images
    images

    Logo