काठमाडौं । घट्दो बजारमा घाटा नै सहेर पनि बाहिरिने मनोविज्ञान लिएका लगानीकर्ताका कारण मंगलबार पनि शेयर बजार घटेको छ । कारोबार भएको पहिलो १० मिनेटमा झन्डै ५० अंकले घट्न पुगेको हो ।
पहिलो घण्टामा बजारमा अधिकांश कम्पनीको मूल्य घटेको छ भने शेयरमा बिक्रेताको चाप ह्वात्तै बढेको देखिएको छ ।