काठमाडौं । अवैध लागूऔषध ब्राउनसुगर सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
कालिकोट, तिलागुफा नगरपालिका–६ खल्लागार्डबाट नियन्त्रित लागूऔषध १ सय ८० ट्याब्लेट नाईट्राभेट, २ सय ८० ट्याब्लेट ट्रामावेल र ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका–६ बस्ने २४ वर्षीय सनिर श्रेष्ठ र सोही नगरपालिका(१ बस्ने २८ वर्षीय राम बहादुर बुढा रहेका छन् । लु।७३ प ८३०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी र ब्याट्रीको कभरभित्र लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
सिरहा, सिरहा नगरपालिका(६ वसविट्टा चोकबाट करिब ५ किलो २ सय २३ ग्राम अवैध लागूऔषध गाँजा र २ पिस नाईट्रोभेट ट्याब्लेट सहित धनुषा सवैला नगरपालिका–१३ तिरतपुर बस्ने २६ वर्षीय शुभ कुमार महतोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ज।११ प १७४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा शुभ कुमार महतोको साथबाट उक्त लागूऔषध फेला पारी प्रहरीले पक्राउ गरेको हो ।



