images
images

मादक पदार्थ सेवन गरी आफ्नै बुबाले गरे छोराको हत्या


  • 550
    SHARES
  • २०७८ आश्विन ४ गते सोमबार

    मादक पदार्थ सेवन गरी आफ्नै बुबाले गरे छोराको हत्या

    नवलपरासी । पश्चिम नवलपरासीमा  मादक पदार्थ सेवन गरी आफ्नै बुबाले गरे छोराको हत्या गरेका छन् ।
     
    पाल्हिनन्दन गाउँपालिका–१ रामपुरुवा बस्ने ३० वर्षीय जनिस चमारको कुटपिटबाट मृत्यु भएको छ । उनकै बुबा ४५ वर्षीय सितारबिदास चमारले मादक पदार्थ सेवन गरी मुक्का प्रहार गर्दा गम्भीर घाइते भएका जनिसको चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले रबिदासलाई नियन्त्रणमा लिएको छ । 

    महोत्तरी । सोनमा गाउँपालिका–२ तरारी बस्ने ५५ वर्षीय राम प्रसाद यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    पक्राउ पर्नेहरुमा सोही नगरपालिका–७ सुन्दरपुर बस्ने ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा रहेका छन् । सोही नगरपालिका–७ मैनटोलस्थित विश्वकर्मा पुजाको मेलामा पुजाको विषयमा विवाद भई कुटपिट हुँदा बेहोस भएका राम प्रसाद यादवको घरमा ल्याएपछि मृत्यु भएको थियो । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी मगरथानाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

     


    images
    images

    Logo