काठमाडौँ । प्रतिनिधिसभाको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो ।
त्यस्तै, प्रतिनिधिसभाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच विनियोजन विधेयक–२०७८ पारित गरेको छ । आर्थिक विधेयकमाथिको दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले असोज ७ गतेका लागि बैठक डाकेका छन् ।