images
images

बुटवलका मेयरलाई स्थानियको मुक्का


  • 408
    SHARES
  • २०७८ आश्विन ४ गते सोमबार

    बुटवलका मेयरलाई स्थानियको मुक्का

    काठमाडौँ । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई पहिरो पीडित स्थानियले मुक्का प्रहार गरेका छन् । बुटवल ज्योतिनगरको पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा गएका मेयर सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका हुन् । 

    भदौ १३ र १४ गते अविरल वर्षाले पहिरो गएपछि १० घर पुरिएका थिए भने ५० घर उच्च जोखिममा परेका थिए । सो क्षेत्रमा सोमबार पुगेका मेयर सुवेदीलाई पहिरो पीडितले मुक्का प्रहार गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

    पहिरोबाट प्रभावित भएको महिनादिन वित्न लाग्दा पनि कुनै व्यबस्थापन नभएको भन्दै आक्रोशित पीडितले हातपात गरेको प्रहरीले जनाएको छ । सुवेदीलाई मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । 


    images
    images

    Logo