काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयकमाथि छलफल शुरु भएको छ । सोमबार बसेको बैठकमा अवरोधकाबीच सभामुखले बजेटमाथिको छलफल अगाडि बढाएका हुन् ।
पछिल्लाे पटक बसेको प्रतिनिधिसभाका बैठकले प्रतिस्थापन विधेयक पास गर्न नसकेपछि सरकारको बजेट निष्क्रिय भएको थियो । चार दिन देखि सरकार बेखर्चि भएर बसेको छ ।