images
images

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन


  • 322
    SHARES
  • २०८१ आषाढ ९ गते आइतबार

    मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

    काठमाडाैं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेको छ । मनसुन भित्रिएर पानी पर्ने क्रम शुरु भएसँगै पूर्ण क्षमता अर्थात् ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको केन्द्रले जनाएको छ ।

    सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र अन्य स्रोतको पानी कम हुँदा घटेर बिजुली उत्पादन ३० मेगावाटसम्म झरेको थियो । तर अहिले बर्खा लागेको र गर्मीका कारण हिमाल पग्लिएर पनि नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रले जनाएकाे छ । तीन वटा युनिटबाट समान २३ मेगावाटका दरले पूर्ण क्षमता ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

    मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली चितवनको भरतपुरबाट काठमाडाैंको स्टेसनमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।


    images
    images

    Logo