images
images

आजदेखि सर्वसाधारणलाई नयाँ नोट, कहाँ कहाँ पाइन्छ ?


  • 815
    SHARES
  • २०७८ आश्विन ४ गते सोमबार

    आजदेखि सर्वसाधारणलाई नयाँ नोट, कहाँ कहाँ पाइन्छ ?

    काठमाडौं । दशैंलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण सुरु गरेको छ । यसअघि बैंक तथा वित्तीइ संस्थालाई न्इाँ नोट वितरण गरेको राष्ट्र बैंकले नोट उपलब्ध गराउन लागेको हो । आजदेखि नयाँ नोट उपलब्ध गराउने भएका छन् । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत् नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ । त्यस्तै, राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागबाट समेत नोट सटहीको सुविधा उपलब्ध हुनेछ । राष्ट्र बैंकको प्रादेशिक कार्यालयबाट समेत यो सुविधा दिइने राष्ट्र बैंकले जनाएको छ । 

    नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न अनुरोध गरिएको छ । केन्द्रीय बैंकले १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । यस पटक केन्द्रीय बैंकले ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ ।


    images
    images

    Logo