सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१२ भावरटोलस्थित होटलबाट कस्तुरीको बिना जस्तो देखिने सुगन्धित चिज बस्तुको २ थान कालो डल्ला सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दैलेख महावु गाउँपालिका(६ स्थायी ठेगाना भई उक्त होटल संचालन गरी बस्ने २३ वर्षीय सर्जन रावत र जुम्ला चन्दनाथ नगरपालिका(२ बस्ने ६० वर्षीय रण बहादुर बोहरा रहेका छन् । उक्त होटलमा कस्तुरीको बिनाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी निजहरूको शरीर एवं होटल समेत तलासी गर्दा लुकाई राखेको उक्त डल्ला फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित पक्राउ
जाजरकोट । नलगाड नगरपालिका–५ कालिमाटीस्थित होटलबाट रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित बारेकोट गाउँपालिका–५ नायकबाडा बस्ने १९ वर्षीय लोकेश परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको ।
उक्त होटलमा रेडपाण्डा जस्तो देखिने जनावरको छाला रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले होटलको १ सय २ नम्बर कोठा तालसी गर्दा परियारलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।



