images
images

दुर्घटनामा परी ७ जनाको मृत्यु 


  • 456
    SHARES
  • २०७८ आश्विन ३ गते आइतबार

    दुर्घटनामा परी ७ जनाको मृत्यु 

    काठमाडौं । दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । काठमाडौं लगायत देशका विभिन्न ठाउँमा दुर्घटनामा परी ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

    सर्लाही । लालबन्दी नगरपालिका–१ स्थित सडकमा प्र।२(०२(००१ त १३७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका–११ बस्ने २७ वर्षीय सुकेश्वबर राय यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हरिवन स्थित नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    मृत अवस्थामा फेला 

    काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपति मन्दिरको दक्षिण ढोका नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० बर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 
    सिन्धुली, हरिहरपुरगढी गाउँपालिका–३ बस्ने २३ वर्षीय अनिष राई सोही गाउँपालिका–२ स्थित वेलारी खोलाको किनारमा मृत अवस्थामा शनिबार फेला परेका छन् । 

    कैलाली, गौरीगंगा नगरपालिका–६ दैद्धारी बस्ने ३० वर्षीय बालकृष्ण चौधरी आफ्नो सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

    रुकुम पश्चिम, चौरजहारी नगरपालिका–३ राप्तीसागरस्थित ठुलोभेरी बगरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४२ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । 

    करेन्ट लागेर मृत्यु

    सुनसरी, धरान उपमहानगरपालिका–३ बस्ने ३९ वर्षीय कृष्ण बहादुर कटुवालको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । सोही उपमहानगरपालिका–१५ बस्ने राज कुमार लिम्वुको बन्दै गरेको घरमा प्लाष्टर गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।   

    दाङ, दंगीशरण गाउँपालिका–७ बुटिनिया बस्ने २२ वर्षीया प्रमिला चौधरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको   छ । आफ्नै घरमा पानीको मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

    डुबेर मृत्यु

    वीरगंज महानगरपालिका–१२ स्थित मुर्ली पोखरीमा डुबेर सोही महानगरपालिका–१५ ब्रहमचोक बस्ने उमेश साहको छोरा १३ वर्षीय पृतम कुमार गुप्ता र सोही ठाउँ बस्ने दिनेश साहको छोरा १७ वर्षीय आशिष कुमार साहको शनिबार दिउँसो मृत्यु भएको छ । 

    उनीहरु घरबाट हराएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा दुवै जना डुबी रहेको अवस्थामा फेला पारी उपचारको लागि तराई अस्पताल वीरगंज पठाएकोमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । 


    images
    images

    Logo