काठमाडौं । चालु आर्थिक बर्षको २०८०/८१ को ११ महिनामा आयात र निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार जेठसम्ममा १४ खर्ब ५३ अर्ब रुपैयाँ आयात भएको छ भने १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ ।
भन्सार भिागले सार्वजनिक गरेको विवरण अनुसार आयात १.८४ प्रतिशत र निर्यात ३.०१ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको सोही अवधिमा १४ खर्ब ८० अर्ब रुपैयाँ भएको थियो भने १ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो ।
विभागका अनुसार व्यापार घाटा १.७२ प्रतिशतले घटेको छ । चालु आर्थिक बर्षको ११ महिनामा व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा यस्तो घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ थियो ।
यस अवधिमा आयात निर्यात अनुपात २.२१ प्रतिशतले बढेको छ ।



