images
images

विभुषण सिफारिस गर्न ठुलो दबाब दिइन्छ : पूर्व मुख्यसचिव


  • 521
    SHARES
  • २०७८ आश्विन ३ गते आइतबार

    विभुषण सिफारिस गर्न ठुलो दबाब दिइन्छ : पूर्व मुख्यसचिव

    काठमाडौँ । सरकारले विभिन्न क्षेत्रमा योगदान दिएकालाई दिने विभुषण सिफारिस गर्न ठुलो दवाब आउने पूर्व मुख्यसचिव लिलामणि पौड्यालले बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले विभुषण सिफारिसका लागि ठुलो दवाब र डरत्रास दिइने बताएका हुन् । 

    पौड्याल २०६८ सालमा नेपाल सरकारका मुख्यसचिव थिए । सो बेला सबै मन्त्रालयबाट आएको ३ सय २० जनाको सिफारिस खारेज गरेका उनले पदक दिँदा राष्ट्रले गौरव गर्न लायक काम गरेका व्यक्तिलाई कारणसहित सिफारिस गर्नुपर्ने बताए । विवादको कारण त्यो वर्ष पदक वितरण भएन । 

    मुख्यसचिव हुँदा राष्ट्रले गौरव गर्नलायक काम गरेका कृष्णप्रसाद भट्टराईसहित १३ जनाको मात्र नाम सिफारिस गर्दा २ घण्टासम्म बयान दिनुपरेको पौड्यालले बताए । 

    संविधान दिवसको अवसरमा आज सरकारले विभिन्न क्षेत्रका व्यक्तित्वलाई पदक प्रदान गरेको छ । सधैँजस्तो यो वर्षको पदक वितरण पनि विवाद रहित बन्न सकेन । नाम घोषणा गरेका केहीले पदक लिन अस्वीकार गरिसकेका छन् । 

    आफु जथाभावि पदक वितरण गरिने प्रथाको विरोधमा रहेको उनले लेखेका छन् । 

    l.JPG


    images
    images

    Logo