images
images

विभूषण बहिष्कार गर्नेको सूची थपिदै, थप चार सञ्चारकर्मीले गरे नलिने घोषणा 


  • 1.1K
    SHARES
  • २०७८ आश्विन ३ गते आइतबार

    विभूषण बहिष्कार गर्नेको सूची थपिदै, थप चार सञ्चारकर्मीले गरे नलिने घोषणा 

    काठमाडौं । चार जना सञ्चारकर्मीले विभूषण बहिष्कारको घोषणा गरेका छन् । हरेक बर्ष संविधान दिवसको दिनलाई अवसर पारेर वितरण गरिने विभूषण पार्टी, गुट र परिवारवादमा सीमित रहँदै आएको आम आरोप र गुनासो रहँदै आएको छ । 

    आज विभूषण बहिष्कार गर्ने चार सञ्चारकर्मीहरुमा क्रमशः कार्टुनिष्ट रवीन सायमी, विभिन्न सम्पादकहरु हरिबहादुर थापा, नारायण अमृत र कृष्णज्वाला देवकोटा रहेका छन् । यस पटक सञ्चारकर्मीका नाममा ४८ जना रहेपनि चार जनाले नैतिकता प्रदर्शन गरेको देखियो । 

    ‘सरकारले मलाई ’प्रवल जनसेवा श्री’ बाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभुषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’ रवीन सायमीले यत्तिनै लेखेर विभूषण बहिष्कारको घोषणा गरेका छन् भने हरिबहादुर थापाले लामै स्पष्टिकरण दिएका छन् । अन्तिम अनच्छेदमा उनले लेखेका छन् –‘मैले मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार–विश्लेषण–पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको छु । राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ । कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ ।’

     

    rabin.JPG

    तेस्रो बहिष्कारवाला सञ्चारकर्मी नारायण अमृतले लामो स्पष्टिकरण लेखेका छन् –‘यो लामबाट मेरो नाम झिकियोस् ।’ उनले आह्वान गरेका छन् । 

    अर्का सञ्चारकर्मी कृष्णज्वाला देवकोटाले पनि कारण खुलाएर बहिष्कार गरेका छन् । ‘ ‘पदकहरुको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफै पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ । नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै पर्याप्त छ ।’

     

    krishna.JPG

    यी सञ्चारकर्मीले सामाजिक सञ्जाल मार्फत बहिष्कारको घोषणा गरेका हुन् । यी चार बाहेकका ४४ जना अहिलेसम्म मौन छन् । विभूषण, पुरस्कार र सम्मानहरुमा आएको बिकृतिमाथि कलम चलाउने तर आफैंले पाउँदाचाहिँ गद्गद् भएर स्वीकार्नेहरुमाथि पक्कै नैतिक प्रश्न आएको छ । तर,अनुभूत गर्नुपर्नेहरु भने चुप छन् ।

    यसपटक राष्ट्रपतिद्धारा वितरित २५ प्रकारका विभूषणहरु ९ सय ३ जनालाई वितरण गरिएको छ । हरेक बर्ष यत्तिका संख्यालाई विभूषण वितरणगर्दा अहिलेसम्म प्राप्त गर्नेको संख्या कति पुग्यो ? के यस मुललकमा यत्तिको संख्यामा अबल मान्छेहरु छन् त ? परिणामले भने त्यस्तो देखाउँदैन । एउटा मान्छे सद्धे निस्कियो भने त्यसले उज्यालो नेपालका नाममा सुन्दर परिणाम दिन सक्छ । भलै उसलाई राज्यले यस्ता विभूषण नदिओस् । 

     

    hari.JPG

    प्रश्न उठ्न सक्छ, के यी ९ सय ३ जनाले आ–आफ्नो ठाऊँबाट देश र जनताको पक्षमा उल्लेख्य काम गरेका छन् त ? तिनको कामको परिणाम सार्वजनिक भएका छन् त ?

    सधैं झैं यस पटक पनि विभूषण प्राप्त गर्ने अधिकांश ब्यक्ति पार्टीका बफादार, गुटका बफादार र परिवारका प्रियहरु नै छन् । स्वतन्त्र बनाउने नाममा केहीको नाम घुसाउने वाहेक नांगो आँखाले केही देख्ने अवस्था छैन विभूषणमा । 

    राष्ट्रले वितरण गर्ने विभूषणहरुमा जवसम्म पारदर्शीता र मूर्त किसिमका मापदण्ड तयार गरिदैन तवसम्म यस्ता विभूषणहरु नक्कलीनै ठहर्ने छन् । पञ्चायतकालमा राजाले मनपरी ढंगले गोदबा बाँडेकोभन्दा फरक गर्न सकिदैन भने यस्ता विभूषण समयमा नै बन्द गरिनु पर्दछ । चार सञ्चारकर्मीको बहिष्कारले यही संदेश बाँड्न खोजेको हो भने ढिलो–चाँडो सही अर्थ स्थापित हुने नै छ । र, उनीहरुको यो कदम अन्ततः स्वागत योग्य नै ठहर्ने छ ।

    ss.JPG


    images
    images

    Logo