images
images

मेलम्ची खानेपानी आयोजनाको हेडबक्स निर्माणका लागि एडीवीले २ अर्ब अनुदान दिने


  • 307
    SHARES
  • २०८१ आषाढ ५ गते बुधबार

    मेलम्ची खानेपानी आयोजनाको हेडबक्स निर्माणका लागि एडीवीले २ अर्ब अनुदान दिने

    काठमाडौं । एशियाली विकास बैक (एडीवी)ले खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ । २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्याएकाले हेडबक्स निर्माणका लागि एडिबीले २ अर्ब (१९.७५ मिलियन अमेरिकी डलर) बढी अनुदान दिने भएको हो । 

    बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएपछि झन्डै १ हजार मिटर माथि हेडबक्स बनाउने तयारी भइरहेको बेला एडिबीेले २ अर्ब भन्दा बढी नेपाली रुपैया अनुदानमा उपलब्ध गराएको जनाइएको छ । 

    २ वर्ष अघिदेखि नै उसले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भएपनि मन्त्रीपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो । सरकारले सहमति जनाएसंगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ । 

    आयोजनाले ४ वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । यसको लागि झन्डै साढे ३ अर्ब लागत लाग्ने अनुमान आयोजनाको छ । 


    images
    images

    Logo