images
images

विज्ञान प्रविधि क्षेत्रमा योगदान गर्ने १३ व्यक्ति तथा संस्था सम्मानित


  • 438
    SHARES
  • २०७८ आश्विन १ गते शुक्रबार

    विज्ञान प्रविधि क्षेत्रमा योगदान गर्ने १३ व्यक्ति तथा संस्था सम्मानित

    काठमाडौं । विज्ञान प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने १३ व्यक्ति तथा संस्था सम्मानित भएका छन् । नवौं राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो सम्मान गर्ने निर्णय गरेको हो । 

    यसरी सम्मानित हुनेमध्ये ६ जनालाई जनही २५ हजारको दरले नगदसहित कदरपत्र प्रदान गर्ने निर्णय गरिएको छ । बाँकी ७ जनालाई भने कदरपत्रसहित सम्मान गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । 

    नगद र कदरपत्रसहित सम्मानित हुनेमध्ये पत्रकारिता विधामा कान्तिपुर दैनिकका मणि दाहाल, एरोटोटिकल विधामा डा. दीपकप्रसाद बास्तोला र पुल्चोक क्याम्पसको मेकानिकल तथा एरोस्पेश इन्जिनियरिङ विभागलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । 

    त्यस्तै, अन्तरिक्ष प्रविधि विभामा प्रा. डा. उदयराज खनाल, जैविक प्रविधि विधामा त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग र विभागका प्रकाश घिमिरे, विपद् न्यूनीकरण सम्बन्धी विधामा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका प्रदीप ज्ञवाली र उदीयमान प्रविधितर्फ नेपाल विज्ञान तथा प्रविधि प्रतिगठान (नास्ट) का डा. आभाष मास्केलाई सम्मानित गर्ने निर्णय गरिएको छ । 

    त्यसबाहेक विान तथा प्रविधि क्षेत्रको विकस, विस्तार र उन्नयनमा सहयोग पुर्याएको भन्दै सुन्दरीजलस्थित विपी कोइराला संग्रहालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका निरीक्षक सम्भु आचार्य, मन्त्रालयका शाखा अधिकृत महेश श्रेष्ठ, मन्त्रालयकै मेकानिकल इन्जिनियर गीता बस्याल, विपी कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालय कीर्तिपूरका प्राविधिक अधिकृत वेद बहादुर भण्डारी, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक अधिकृतद्वय  दिनेश कुमार झा र मुकुल प्रधानलाई कदरपत्रसहित सम्मान गर्ने निर्णय मन्त्रालयले गरेको छ ।

    दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले सो कदरपत्र र नगद पुरस्कार वितरण गरेका छन् । 


    images
    images

    Logo