images
images

१० दिन कैद र २५ लाख जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ


  • 302
    SHARES
  • २०७८ आश्विन १ गते शुक्रबार

    १० दिन कैद र २५ लाख जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ

    काठमाडौंं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुरठिमी नगरपालिका–९ बोडे बस्ने खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भएका ३२ वर्षीय हिरालाल श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

    बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७८ असार २९ गतेको फैसलाले १० दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुरबाट फेला पारी पक्राउ गरेको हो ।
     
    हिरालालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितहरूलाई झुक्यानमा पारी सेन्चुरी बैंकको चेक दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।  

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ । 


    images
    images

    Logo