images
images

नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ र फणिन्द्र देवकोटाद्वारा शपथ


  • 265
    SHARES
  • २०८१ जेठ २९ गते मंगलबार

    नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ र फणिन्द्र देवकोटाद्वारा शपथ

    गण्डकी । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाकक्षमा आयोजित एक समारोहकाबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

    मन्त्री गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले यसअघि पनि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । साथै मन्त्री देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

    सो समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति थियो । 


    images
    images

    Logo