images
images

पछिल्लो २४ घण्टामा दुर्घटनामा परी मर्नेको सङ्ख्या ११ जना पुग्यो 


  • 318
    SHARES
  • २०७८ आश्विन १ गते शुक्रबार

    पछिल्लो २४ घण्टामा दुर्घटनामा परी मर्नेको सङ्ख्या ११ जना पुग्यो 

    काठमाडौं । पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा परी मर्नेको सङ्ख्या ११ जना पुगेको प्रहरीले जनाएको छ । 
    देशका विभिन्न जिल्लामा सवारी दुर्घटनामा परी मर्नेको सङ्ख्या ११ जना पुगेको हो । 

    मोरङ, बुढीगंगा गाउँपालिका–३ पाईनियर फ्याक्ट्री अगाडि सडकमा बा।११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा कारमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    यसैगरी मोरङ, विराटगर महानगरपालिका–१२ स्थित भित्री सडकमा को।२१ प ५६१२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका(१ बस्ने ४२ वर्षीय रंजित कुमार शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

    झापा, मेचिनगर नगरपालिका–१२ कालिझोडास्थित सडकमा को।२० प ४ नम्बरको मोटरसाइकल मे।१ त ७०६३ नम्बरको ट्याक्टरमा ठक्कर खाई बिहीबार राति दुर्घटना मोटरसाइकलमा सवार सोही नगरपालिका१३ बस्ने ३० वर्षीय युवराज लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घानामा घाइते भएका मोटरसाइकल चालक कन्काई नगरपालिका–६ दुर्गापुर बस्ने ३५ वर्षीय दिलिप कुमार कार्कीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    यसैगरी झापा, बुद्धशान्ति गाउँपालिका–३ सात नम्बर चोकस्थित सडकमा मे।१० प ६०७ नम्बरको स्कुटर र प्र।१(०१(००१ज ३५५५ नम्बरको पिकअप एक आपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा स्कुटर चालक मेचीनगर नगरपालिका(१३ बस्ने ३२ वर्षीय पशुराम लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार मेचीनगर नगरपालिका(१३ बस्ने ३० वर्षीया मनिषा लिम्बुको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    तनहुँ, ब्यास नगरपालिका–१२ मुसेखोला पुल नजिक सडकमा ना।७ ख ९२३७ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १० मिटर तल पल्टिएर गएराति दुर्घटना हुँदा ट्रक चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरुषको  घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार नवलपरासी कावासोती बस्ने १४ वर्षीय राजकुमार बिकलाई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाइएको छ । 

    कैलाली, धनगढी उपमहानगरपालिका(३ चटकपुरस्थित सडकमा से।४ प ८७३ नम्बरको मोटरसाइकल रोकी राखेको ना।४ ख ३४२५ नम्बरको ट्रकमा ठोकिएर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका(२ बस्ने ३० वर्षीय टेक बहादुर बोहराको मृत्यु भएको छ । दुर्घानामा गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गोदावरी नगरपालिका(२ बस्ने ३० वर्षीय राम बहादुर पालको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    नवलपरासी(पश्चिम), सुनवल नगरपालिका–७ ज्यामिरेस्थित सडकमा लु।३७ प ६९५० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सुनवल नगरपालिका(४  रमवापुर बस्ने २७ वर्षीय बिष्णु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर  घाइते भएका उनको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।   
     
    डुबेर मृत्यु 

    रौतहट । देवाही गोनाही नगरपालिका–७ स्थित निर्माणाधिन पोखरीमा घुगि टिप्ने क्रममा डुबेर कटहरिया नगरपालिका(६ बस्ने रामकलेश महतोको छोरी १० वर्षीया निसु कुश्वाहा र वृन्दाबन नगरपालिका–२ बस्ने जंग बहादुर पटेलको छोरी १४ वर्षीया मुस्कान कुमारीको बिहीबार दिउँसो मृत्यु भएको छ । 

    भोजपुर, आमचोक गाउँपालिका(१ र २ को सिमानास्थित छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर आमचोक गाउँपालिका(१ खाम्ताङ बस्ने डिकमान परियारको छोरी १४ वर्षीया  तारा परियारको बिहीबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा तारा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुर, प्रहरी चौकी वासिङथर्पु र ईलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।   
     
    मृत अवस्थामा फेला 

    काठमाडौं । कीर्तिपुर नगरपालिका–४ सल्यानथानस्थित खोलामा हाल नामथर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।   
     


    images
    images

    Logo