images
images

१४ वर्षीया बालिकालाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


  • 314
    SHARES
  • २०७८ आश्विन १ गते शुक्रबार

    १४ वर्षीया बालिकालाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    दाङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा  तुल्सीपुर उपमहानगरपालिका–११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनार रहेका छन् । 

    सुनारलाई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको हो  ।  

    सुनार र सोही उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय उमेश विकले ती बालिकालाई सोही ठाउँ स्थित एक कटेजको कोठामा लगि पालैपालो सामूहिक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो । 


    images
    images

    Logo