बरौनी । भारतको बिहार राज्ययस्थित बरौनी डिपोमा विस्फोट भएको छ । बिहीबार बिहान साढे १० बजे डिपोको एट्मसफेयर भ्याकुम युनिटमा भएको विस्फोटमा परि १९ जना कामदार घाइते भएका छन् ।
भारतीय आयल कर्पोरेसनकी कर्पोरेट कम्युनिकेसन म्यानेजर अंकिता श्रीवास्तवले घाइतेहरुलाई बरौनी रिफाइनरी अस्पताल र अन्य निजी अस्पतालमा उपचार गरिरहेको जानकारी दिइन् । उनीहरुको अवस्था अहिले खतरामुक्त छ ।
नेपालले सोही डिपोबाट पेट्रोल तथा मट्टितेलको आपूर्ति गर्दै आएको छ । डिजेल भने अहिले पाइपलाइनबाट आउने गरेको छ ।