images
images

एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली, यस्तो बन्यो नयाँ कार्यसमिति


  • 804
    SHARES
  • २०७८ भाद्र ३१ गते बिहीबार

    एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली, यस्तो बन्यो नयाँ कार्यसमिति

    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले नयाँ नेतृत्व पाएको छ । बुधबार सुरु भएको संघको २६ औं साधारणसभाले कुशप्रसाद मल्ली को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष मल्ली यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । 

    संघको नेतृत्वका लागि सहमति कायम गर्न निवर्तमान भइसकेका अध्यक्ष गोकुल भण्डारीको संयोजनकत्वमा शिवप्रसाद घिमिरे तथा राजेन्द्र डल्लाकोटी, जीतबहादुर कार्की र राजेन्द्र काबरा रहेको समिति गठन गरिएको थियो । सो समितिले नयाँ नेतृत्वमा सर्वसम्मति कायम गर्र्न सफल भएको हो । 

    संघको विशिष्ठ सदस्यमा राजेन्द्र डल्लाकोटी र वरिष्ठ उपाध्यक्षका शंकर श्रेष्ठ चयन भएका छन्। त्यस्तै, उपाध्यक्षहरुमा दिवान चन्द र मनोजकुमार दास र महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भए । कोषाध्यक्षमा धर्मराज बर्तौला र सचिवमा आशिष जाजोदिया चयन भएका छन् । 

    संघको सदस्यमा योगेश पौडेल, अमित अग्रवाल, लोकहर्ष शाक्य, बाबुराम पोख्रेल, सुनिल सिन्हा, मनोज बुढाथोकी, आयुष नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे, राजकुमार सिन्धी लगायत चयन भएका छन् ।

    नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । कार्यसमितिमा निवर्तमान अध्यक्षको हैसियतमा गोकुल भण्डारी अध्यक्षपछिको दोस्रो वरियताका सदस्य हुनेछन् ।

    lp-gas.jpeg


    images
    images

    Logo