झापा । प्रहरीले १८ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।
अर्जुनधारा नगरपालिका–११ स्थितबाट ६ वटा बोरामा रहेका करिब १४ लाख ३३ हजार ७ सय ५० रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका कपडाहरु बुधबार दिउँसो प्रहरीले बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा उक्त परिमाणको कपडा फेला पारी बरामद गरेको हो । बरामद गरिएको सामान प्रहरीले भन्सार कार्यालय काँकडभिट्टा पठाएको छ ।
यसैगरी मेचीनगर नगरपालिका– १० निन्दा पुलबाट करिब ४ लाख ५० हजार मूल्य बराबरको मोबाईलमा प्रयोग हुने एलसीडी बुधबार साँझ प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले सवारी साधनहरु जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको उक्त एलसीडी फेला पारी बरामद गरेको हो ।



