images
images

६ महानगरलाई ११ अर्ब ७३ करोड बजेट, उपमहानगरहरुमा कसलाई कति ?


  • 811
    SHARES
  • २०८१ जेठ २० गते आइतबार

    ६ महानगरलाई ११ अर्ब ७३ करोड बजेट, उपमहानगरहरुमा कसलाई कति ?

    काठमाडौं । संघीय सरकारले स्थानीय तहलाई कूल ३ खर्ब १२ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । जसमध्ये ६ वटा महानगरपालिकाले ११ अर्ब ७३ करोड ५ लाख रुपैयाँ पाएको छ भने ११ वटा उपमहानगरपालिकाले ११ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ पाएका छन् । 

    यस्तो वित्तीय हस्तान्तरण समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान शिर्षकमा केन्द्रिय सरकारले स्थानीय तहलाई दिने व्यवस्था छ । असार १० मा महानगरपालिकाले ल्याउने बजेटमा यो रकमकोसमेत श्रोत देखाएर बजेट आउने छ ।

    जसअनुसार ६ वटा महानगरले पाएका अनुदानमध्ये गत आर्थिक वर्ष सबैभन्दा धरै अनुदान पाएको पोखरा महानगरपालिकाले यसपटक पनि सबैभन्दा धेरै अनुदान पाएको छ । उक्त महानगरले  समानीकरण अनुदान ४६ करोड ५१ लाख, सशर्त अनुदान ३ अर्ब ५० करोड ५६ लाख गरि कुल ४ अर्ब ५७ लाख रुपैयाँ अनुदान पाएको छ । यो महानगरको लागि पनि समपूरक र विशेष अनुदान केही पनि उपलब्ध गराइएको छैन । 

    त्यस्तै दोस्रो धेरै अनुदान पाउने महानगरमा काठमाडौं महानगरपालिका रहेको छ उक्त महानगरले २ अर्ब २१ करोड ७५ लाख अनुदान पाएको छ । जसमध्ये १ अर्ब ५४ करोड २७ लाख रुपैयाँ सशर्त अनुदान, ६७ लाख ४८ हजार रुपैयाँ समानीकरण अनुदान पाएको छ । सो महानगरले विशेष र समपूरक अनुदान भने पाएको छैन ।

    त्यस्तै, भरतपुर महानगरले १ अर्ब ८९ करोड ४७ लाख रुपैयाँ अनुदान पाएको छ । यसमध्ये समानीकरण अनुदानतर्फ ३७ करोड ६ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १ अर्ब ३६ करोड ३७ लाख रुपैयाँ र विशेष अनुदानतर्फ ८ करोड ५० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ६ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ । यो महानगरपालिका समपूरक र विशेष अनुदान सबैभन्दा धेरै पाउने स्थानीय तह समेत बनेको छ । 

    वीरगञ्ज महानगरपालिकाका लागि यो वर्ष विनियोजन भएको कुल १ अर्ब २७ करोड १० लाख रुपैयाँ बजेट मध्ये समानीकरण अनुदानतर्फ ३४ करोड २४ लाख रुपैयाँ र सशर्त अनुदानतर्फ ९१ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । वीरगञ्जका लागि विशेष अनुदानतर्फ २ करोड १० लाख विनियोजन गर्दा समपूरक अनुदानका लागि कुनै पनि रकम छुट्याइएको छैन । 

    त्यस्तै, विराटनगर महानगरपालिकाका लागि १ अर्ब २२ करोड ३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये समानीकरण अनुदानतर्फ ३२ करोड ६६ लाख, सशर्त अनुदानतर्फ ८० करोड ७७ लाख, विशेष अनुदानतर्फ ७ करोड ५० लाख र समपूरक अनुदानतर्फ १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    सबैभन्दा कम अनुदान पाउने ललितपुर महानगर रहेको छ । सो महानगरले कुल १ अर्ब १२ करोड ४० लाख रुपैयाँ अनुदान पाएको छ । त्यसमध्ये समानीकरण अनुदानतर्फ ३७ करोड ७५ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ७४ करोड ६४ लाख रुपैयाँ र समपूरक अनुदानमा १ करोड रुपैयाँ विनियोजन हुँदा विशेष अनुदान शून्य रहेको छ ।

    metro budget.jpg

    उपमहानगरपालिका कुनले कति पाए ?

    submetro.jpg

    इटहरी उपमहानगरपालिका - १ अर्ब ६९ करोड ९० लाख
    धरान उपमहानगरपालिका - ८९ करोड ३९ लाख
    जनकपुरधाम उपमहानगरपालिका - १ अर्ब २ करोड ८५ लाख
    कलैया उपमहानगरपालिका - ८७ करोड ४७ लाख
    जितपुर–सिमरा उपमहानगरपालिका - १ अर्ब ४५ लाख
    हेटौंडा उपमहानगरपालिका - १ अर्ब १६ करोड ५३ लाख
    बुटवल उपमहानगरपालिका - ८६ करोड ४२ लाख
    घोराही उपमहानगरपालिका - १ अर्ब १३ करोड १६ लाख
    तुल्सीपुर उपमहानगरपालिका - १ अर्ब ४ करोड २३ लाख
    नेपालगञ्ज उपमहानगरपालिका - ९१ करोड ६५ लाख
    धनगढी उपमहानगरपालिका - १ अर्ब १ करोड ८७ लाख

     


    images
    images

    Logo