images
images

सवारी दुर्घटनामा परी ११ जना घाइते 


  • 326
    SHARES
  • २०७८ भाद्र ३० गते बुधबार

    सवारी दुर्घटनामा परी ११ जना घाइते 

    सुर्खेत । सवारी दुर्घटनामा परी ११ जना घाइते भएका छन् ।  

    वीरेन्द्रनगर नगरपालिका–२ रेडियो नेपाल नजिक सुर्खेतदेखि जुम्लातर्फ जाँदै गरेको भे।१ ख २५७४ नम्बरको गाडी अनियन्त्रित भई पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।  

    दुर्घटना भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी बाङ्गेसिमलबाट खटिएको प्रहरीले घाइते भएका ११ जनालाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेततर्फ पठाएको छ ।

    घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर तथा ६ जना सामान्य रहेका छन् । 
    हाल फरार गाडी चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

     


    images
    images

    Logo