images
images

एलपी ग्यास उद्योग संघको साधारणसभा आज, नयाँ नेतृत्व चयन हुने


  • 1.2K
    SHARES
  • २०७८ भाद्र ३० गते बुधबार

    एलपी ग्यास उद्योग संघको साधारणसभा आज, नयाँ नेतृत्व चयन हुने

    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको साधारणसभा आज हुँदैछ । काठमाडौंको होटल सोल्टीमा साँझ ४ बजे संघको २६ औं साधारणसभा हुँदैछ । सो साधारणसभाले २ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन समेत गर्नेछ । 

    संघको नेतृत्वमा अघिल्लो २ कार्यकाल नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारी थिए । संघको विधान अनुसार लगातार २ कार्यकाल मात्रै अध्यक्ष हुन पाउने व्यवस्था रहेकोले यसपटक नेतृत्व परिवर्तन हुने पक्का भएको हो । 

    नयाँ नेतृत्वका लागि शिव घिमिरे आउने सम्भावना देखिएको छ । घिमिरे एभरेष्ट, सुगम, सहारा, त्रिशुल लगायत ग्यास उद्योगसँग आवद्ध छन् । संघको नेतृत्वमा भण्डारी आउनुअघि पनि उनले संघको नेतृत्व गरेका थिए । 

    घिमिरेले आजको साधारणसभासँगै भोलि नयाँ नेतृत्व चयन हुने बताए । उनले एलपी ग्यास उद्योग संघमा सहमतिमै नेतृत्व चयन गर्ने परम्परा रहेकोले अहिले पनि सहमतिमै नेतृत्व चयन हुने विश्वास व्यक्त समेत गरे ।   


    images
    images

    Logo