images
images

ईभीमा सरकारले बढायो कर, कुन गाडीमा कति ?


  • 373
    SHARES
  • २०८१ जेठ १५ गते मंगलबार

    ईभीमा सरकारले बढायो कर, कुन गाडीमा कति ?

    काठमाडौं । सरकारले विद्युतीय सवारीमा करका दर बढाएको छ । आर्थिक विधेयक २०८१ मार्फत अर्थमन्त्री वर्षमान पुनले ईभीमा करका दर बढाएका हुन् । आगामी आर्थिक वर्षका लागि सरकारले ० देखि ५० किलोवाटसम्मका गाडीमा भन्सार शुल्क १५ प्रतिशत र अन्तःशुल्क ५ प्रतिशत कायम गरेको छ । 

    चालु आर्थिक बर्षका लागि गतवर्ष यी गाडीमा १० प्रतिशत भन्सार शुल्क मात्रै राखिएको थियो । ५० देखि १०० किलोवाटसम्मका विद्युतीय गाडीमा भन्सार शुल्क २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत कायम गरिएको छ । यसअघि भन्सार १५ प्रतिशत र अन्तःशुल्क १० प्रतिशत थियो ।

    १०० देखि २०० किलोवाटसम्मको विद्युतीय गाडीमा ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क तोकिएको छ । गतवर्ष यी गाडीमा २० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क गरी ४० प्रतिशत मात्रै कर तोकिएको थियो । यस्तै २०० देखि ३०० किलोवाट क्षमताका विद्युतीय सवारीमा भन्सार शुल्क ६० प्रतिशत र अन्तःशुल्क ३५ प्रतिशत कायम गरिएको छ । गतवर्ष यो दर ४० र ४५ प्रतिशत थियो ।

    ३०० किलोवाटभन्दा बढी क्षमताका ईभीमा भन्सार शुल्क ८० प्रतिशत र अन्तःशुल्क ५० प्रतिशत तोकिएको थियो । यसअघि भन्सार ६० प्रतिशत र अन्तःशुल्क पनि ६० प्रतिशत थियो । व्यवसायीहरुले ईभीमा स्थिर करको माग गरेको भएपनि सरकारले करका दर वृद्धि गरेको छ ।

     किलोवाट पहिले   अहिले  
     भन्सार  अन्तशुल्क  भन्सार  अन्तशुल्क
     ५०  १०  -  १५  ५
     ५१-१००  १५  १०  २०  १५
     १०१-२००  २०  २०  ३०  २०
     २०१-३००  ४०  ४५  ६० ३५ 
     ३०० भन्दा बढी  ६०  ६०  ८०  ५०

     


    images
    images

    Logo