काठमाडौं । चोरी मुद्दाका फरार प्रतिवादी सहित ठगीको आरोपमा ५ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न गहना सहित बिक्री गरी सकेको जग्गा पुन बिक्री गर्ने भन्दै नगद ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा र प्रतिबन्धित भारतीय रूपैयाँ सहित १ जना पक्राउ गरेको हो ।
३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न गहना सहित २ जना पक्राउ
काठमाडौं महानगरपालिका(८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत आन्तरिक उडान तर्फको व्यागेज एरियाबाट करिब २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरको ३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न गहना सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कैलाली बर्दगोरिया गाउँपालिका(१ घर भएका ३० वर्षीय बोध राज भण्डारी र धनुषा जनकपुर उपमहानगरपालिका(२ घर भएका ४७ वर्षीय मुरारी राज अधिकारी रहेका छन् । श्री एयरलाइन्सको उडानद्वारा बिराटनगर जान लागेका उनीहरुलाई उक्त व्यागेज एरियामा खटिएको प्रहरीले एक्सरे मेशिनमा जाँच गर्ने क्रममा भण्डारीको साथबाट २२ क्यारेटको ५ सय १५ ग्राम बराबरको सुनका बिभिन्न गहना र अधिकारीको साथबाट २४ क्यारेटको ५ सय ९७ ग्राम, २२ क्यारेटको १ हजार ५ सय ५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको ६ सय ९६ ग्राम सुनका विभिन्न गहना आवश्यक प्रकृया पूरा नगरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई बरामद सुन सहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
ठगी गरेको अभियोगमा पक्राउ
बिक्री गरी सकेको जग्गा पुन बिक्री गर्ने भन्दै नगद ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महागनगरपालिक–३२ बस्ने सुनसरी धरान उपमहानगरपालिका–९ घर भएका ३६ वर्षीय रुसिल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।
कटुवाल र काठमाडौं महानगरपालिका–१० बस्ने मोरङ केराबारी गाउँपालिका(६ घर भएका धिरज कुमार दाहालले पीडितसँग चिनजान गरी दाहालको नाममा रहेको मोरङ साविक केरावारी गाबिस(६ मा रहेको कित्ता नम्बर ६३८ को क्षेत्रफल ०(१(१० र कित्ता नम्बर ६४० को क्षेत्रपल ०(७(२(० को जग्गाहरु बिक्री गर्ने भन्दै जग्गाको मूल्य कायम गरी काठमाडौ सुकेधारामा बैना गरी उक्त नगद लिई जग्गाहरु पास नगरी सम्पर्क विहिन भएका थिए । उनी सम्पर्क विहिन भएपश्चात मालपोत कार्यालय मोरङमा गई उक्त जग्गा अन्य व्यक्तिहरुको नाममा बिक्री भईसकेको जग्गा पुनस्बिक्री गर्ने भन्दै कटुवालले ठगी गरेको खुल्न आएपश्चात महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनलाई ठगी कसूरमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाउनुका साथै फरार रहेका दाहाल समेतको खोजी भइरहेको उक्त महाशाखाले जनाएको छ ।
प्रतिबन्धित भारतीय रूपैयाँ सहित १ जना पक्राउ
वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको २ सय ९६ थान र १ सय दरको ५ थान गरी १ लाख ४८ हजार ५ सय भारतीय रुपैयाँ सहित बहुदरमाई नगरपालिका(४ बस्ने २५ वर्षीय अजय कुमार शर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना।१५ प २३७२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्माको झोलामा उक्त भारतीय रूपैयाँ फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई उक्त बरामद रकम र मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
चोरी मुद्दाका फरार प्रतिवादी हेटौंडा उपमहानगरपालिका–३ बस्ने भुपाल थिङलाई सोमबार सोही उपमहानरगपालिका–१४ बाट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मकवानपुरको २०७८ पुस २४ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद र ३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएकोमा जरिवाना तिर्न नसकी जरिवाना बापतको कैद समेत गरी जम्मा २ वर्ष १० महिना १५ दिन कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी मकवानपुरमा पठाइएको छ ।



