images
images

दुर्घटनामा परी ६ जनाको मृत्यु 


  • 340
    SHARES
  • २०७८ भाद्र ३० गते बुधबार

    दुर्घटनामा परी ६ जनाको मृत्यु 

    काठमाडौं । सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार विभिन्न जिल्लामा दुर्घटनामा परी मृत्यु हुनेको संङ्ख्या ६ जना पुगेको हो । 

    जाजरकोट, नलगाड नगरपालिका–५ ग्रेनीस्थित सडकमा भे।०१ ज ९८७ नम्बरको जिप अनियन्त्रित भई पल्टिएर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बारेकोट गाउँपालिका(२ बस्ने ४२ वर्षीय शान्ती रोकाय र जुम्ला गोठीचौर गाउँपालिका(१ मणिसाँघु बस्ने ५५ वर्षीय मंगल महतरा रहेका छन् । दुर्घटनामा घाइते भएका बारेकोट गाउँपालिका(१ रामीडाँडा बस्ने १५ वर्षीय रुपक बुढा लगायत ६ जनालाई प्राथामिक अस्पताल दुल्लु जाजरकोट पठाएकोमा ३ जना डिष्चाार्ज भएका छन् भने ३ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बाँके, डुडुवा गाउँपालिका–४ राप्ती पुलस्थित सडकमा भे।१ ख १४८३ नम्बरको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा टाउको पुलको खम्बामा ठोक्किँदा बसमा सवार गेरुवा गाउँपालिका(१ पाताभार बस्ने १५ वर्षीय आदर्श परियारको मृत्यु भएको छ । पुलको खम्बामा ठोक्किएर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । 

    रुपन्देही, बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट  पैदलयात्री सोही उपमहानगरपालिका(११ मजुवा बस्ने ३० वर्षीय राजु सिंजापतीको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेश अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    कञ्चपुर, कृष्णपुर नगरपालिका–५ बालुवा नालास्थित सडकमा म।१ च २८८ नम्बरको एम्बुलेन्सको ठक्करबाट साईकलयात्री सोही नगरपालिका चिनिमिल बस्ने ४५ वर्षीय कृष्ण ऐरको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
    दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    करेन्ट लागेर मृत्यु

    मकवानपुर । मनहरी गाउँपालिका–६ जोगिताल बस्ने ३५ वर्षीय रामलाल तामाङको  करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । उनको घरदेखि करिब २ सय मिटर टाढा खेतमा जंगली हात्ती लखेट्न जाँदा हात्तीले एक्कासी आक्रमण गरी भाग्ने क्रममा खेतवाली संरक्षण गर्न राखिएको सोलारको तारमा परि करेन्ट लागेर गम्भीर घाईते भएका उनको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

     


    images
    images

    Logo