images
images

छ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम, कुनकाे बेरुजु कति ?


  • 375
    SHARES
  • २०८१ जेठ १५ गते मंगलबार

    छ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम, कुनकाे बेरुजु कति ?

    चितवन । छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शुन्य जस्तै छ ।

    कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु ०.०१ प्रतिशत मात्रै छ । जुन रकमको हिसाबले ५ लाख १५ हजार रुपैयाँ मात्रै हो । प्रतिवेदनअनुसार उक्त आर्थिक बर्षमा ८ अर्ब ५० करोड ९२ लाख ८७ हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो ।
     
    प्रतिवेदनअनुसार काठमाडौँ महानगरको बेरुजु १.११ प्रतिशत अर्थात् २५ करोड ७० लाख ३४ हजार रुपैयाँ, पोखरा महानगरको ७.९८ प्रतिशत अर्थात् ७९ करोड २३ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस्तै वीरगञ्जको ७.१४ प्रतिशत अर्थात् ५७ करोड ९४ लाख ८२ हजार रुपैया, विराटनगरको ए दशमलव ०३ प्रतिशत अर्थात् ७ करोड ११ लाख ५३ हजार रुपैयाँ र ललितपुरको शून्य ४६ अर्थात् ४ करोड ५१ लाख रुपैयाँ बेरुजु छ ।
     
    भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले आर्थिक वर्ष २०७९/८० मा महानगरको बेरुजु गत वर्षहरुको तुलनामा अरु घटेको छ । आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा भरतपुरको बेरुजु ०.०८ प्रतिशत थियो । आर्थिक वर्ष २०७७/७८ मा पेश्कीबाहेक बेरुजुमा ०.२५ प्रतिशत  थियो ।

    असुुल गर्नु पर्ने बेरुजु पनि घट्ने क्रममा रहेको छ । महानगरपालिकाले वेरुजु नहुने गरी कार्यसम्पादनमा कडाई गरेका कारण बेरुजु घटेको उनले जानकारी दिए ।
     
    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पछिल्ला हरेक वर्षमा महानगरपालिकाको बेरुजु कम हुँदै गएको बताए । उनले भने “ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेश्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फछ्र्यौटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिकाभन्दा भरतपुरको बेरुजु निकै कम बनाउन सकिएको हो ।” 

    गतिशील, पारदर्शी एवं स्वच्छ नेतृत्व र लेखा समितिको क्रियाशीलताका कारण न्यून बेरुजु आएको प्रमुख दाहालले भनाइ छ । उनले थपे, “हामी बेरुजुलाई शून्यमै झार्ने अभियानमा छौं ।” भरतपुर महानगरपालिकाले बेरुजु फछ्र्यौटका लागि अभियान नै सञ्चालन गरिरहेको छ । उनले भने, “जवाफदेहीता, पारदर्शिता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ ।”
     
    उपप्रमुख चित्रशेन अधिकारीले सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको बताए । उनले भने, “छिटो–छरितो सेवा प्रवाहमा महानगर लागेको छ ।”  खर्चमा गरिएको मितव्ययिता, नियम कानुनको परिधिमा रहेर खर्च गर्ने पद्धतिको विकास, आन्तरिक नियन्त्रण पद्धतिमा सुदृढीकरणका कारण बेरुजु घटाउन सफल भएको अधिकारीले बताए । 

    महानगरले तहगत रूपमा बलियो अनुगमन संयन्त्र बनाएको र मापदण्ड कार्यविधिको पूर्णपालना गरेको जनाएको छ । देशमै विकासका हिसाबले अग्रणी भरतपुर महानगरपालिकाले सुशासनलाई बिशेष ध्यानमा राखेको जनाउँदै आएको छ ।


    images
    images

    Logo