images
images

आगामी आर्थिक वर्षको बजेट भाषण मंगलबार दिउँसो १ बजे हुने


  • 422
    SHARES
  • २०८१ जेठ १३ गते आइतबार

    आगामी आर्थिक वर्षको बजेट भाषण मंगलबार दिउँसो १ बजे हुने

    काठमाडौं । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ ।

    आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनका लागि मंगलबार दिनको १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने जानकारी गराएका छन् ।

    त्यसका लागि उनले प्रतिनिधिसभा सदस्यहरुलाई १२ः ४५ बजे भन्दा अगाडि नै संसदमा उपस्थित भइसक्न आग्रह गरेका छन् ।

    संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नेछन् ।

    अघिल्ला वर्षहरुमा अपरान्हतिर मात्र संसदमा बजेट प्रस्तुत गर्ने प्रचलन थियो । यस वर्ष भने विगतमा भन्दा चाँडै संसदको बैठक बोलाएर बजेट प्रस्तुत गर्न लागिएको हो ।

     

     


    images
    images

    Logo