images
images

विद्युतको नयाँ महशुल प्रस्ताव : घरायसी ग्राहकलाई अधिकतम ११ रुपैयाँ, उद्योगलाई कति ?


  • 2.8K
    SHARES
  • २०७८ भाद्र ३० गते बुधबार

    विद्युतको नयाँ महशुल प्रस्ताव : घरायसी ग्राहकलाई अधिकतम ११ रुपैयाँ,  उद्योगलाई कति ?

    काठमाडौं । विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल प्रस्ताव गरेको छ । नेपाल विद्युत् प्राधिकरणले आयोगसमक्ष गरेको प्रस्ताव बमोजिम आयोगले ग्राहर्स्थ ग्राहक, औद्योगिक ग्राहक लगायत सबै प्रकारका ग्राहकले तिर्नुपर्ने विद्युत् महशुलसम्बन्धी नयाँ महशुल प्रस्ताव गरेको हो । सो प्रस्तावउपर प्राप्त हुने सुझावका आधारमा आयोगले महशुल दरलाई अन्तिम रुप दिनेछ । 

    प्रस्तावित दर अनुसार अब घरेलु ग्राहकले प्रतियुनिट विद्युत् महशुल अधिकतम ११ रुपैयाँ तिर्नुपर्छ । अहिले अधिकतम १२ रुपैयाँसम्म तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै, न्यूनतम शुल्कको रुपमा मासिक ३० रुपैयाँदेखि २ सय ७५ रुपैयाँसम्मको शुल्क प्रस्ताव गरिएको छ । 

    आयोगले गरेको प्रस्ताव हुबहु कार्यान्वयनमा आउने हो भने ५ एम्पियरको विद्युत् मिटर जडान गरेर मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकले न्यूनतम शुल्कबापत मासिक ३० रुपैयाँ मात्रै तिर्नुपर्छ । २१ देखि ३० युनिटसम्मको विद्युतमा प्रतियुनिट ६.५ रुपैयाँ, ३१ देखि ५० युनिटका लागि ८ रुपैयाँ, ५१ देखि २५० युनिटका लागि ९.५० रुपैयाँ र सोभन्दा बढी खपत गर्ने ग्राहकका लागि ११ रुपैयाँ महशुल प्रस्ताव गरिएको छ । 

    यसअघि १५१ युनिटदेखि २५० युनिटसम्मका लागि १० रुपैयाँ, २५१ युनिटदेखि ४ सय युनिटसम्मका लागि ११ रुपैैयाँ र सोभन्दा बढीका लागि १२ रुपैयाँ महशुल निर्धारण गरिएको थियो । १५ एम्पियरका ग्राहकका लागि भने न्यूनतम शुल्क र प्रतियुनिट इनर्जी शुल्क यथावत राखिएको छ ।  ४०० युनिट भन्दा धेरै प्रयोग गर्ने ग्राहकका हकमा भने अहिलेको १२ रुपैयाँ शुल्कलाई घटाएर ११ रुपैयाँ बनाइएको छ । 

    त्यस्तै, ३० एम्पियर र ६० एम्पियरका मिटर भएका ग्राहकका हकमा १५१ देखि २५० युनिटसम्मको लागि इनर्जी शुल्क प्रतियुनिट १० रुपैयाँबाट घटाएर ९ रुपैयाँमा झारिएको छ । ४ सय युनिटभन्दा बढी खपत गर्ने ग्राहकका लागि प्रतियुनिट शुल्क १२ रुपैयाँबाट ११ रुपैयाँमा झारिएको छ । 

    electricity-charge.jpg

    औद्योगिक ग्राहकका लागि यस्तो छ व्यवस्था

    औद्योगिक ग्राहक अन्तर्गत थ्रिफेजको तल्लो तथा मझाैला भोल्टेजका ग्राहकका लागि यसअघि ४०० युनिटसम्म र सोभन्कोदा बढी खपतका लागि छुट्टै महशुल रहेकोमा त्यसलाई हटाएर अब वर्षाद र हिउँदका लागि छुट्टाछुट्टै महशुल दर प्रस्ताव गरिएको छ । अब औद्योगिक ग्राहकले वर्षातमा प्रतियुनिट १०.५० रुपैयाँ र हिँउदमा ११ रुपैयाँ महशुल तिर्नु पर्नेछ । 

    प्रस्तावित व्यवस्था अनुसार सिँचाई प्रयोजनका लागि ग्रयोग हुने विद्युत् महशुल ११ केभीए क्षमतासम्मको लागि ४.९० रुपैयाँ रहेकोमा २.६० रुपैयाँ र ११ केभीए भन्दा माथिल्लो क्षमताका लागि ४.८० रुपैयाँ रहेकोमा घटाएर २.५० रुपैयाँमा झारिएको छ । 

    टीओडी (टाइम अफ डे) मिटर जडान गर्ने ग्राहकका हकमा भने राती ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग हुने बिजुलीको महशुल घटाइएको छ ।

    त्यस्तै चार्जिङ स्टेशन लगायत यातायातसँग सम्बन्धित प्रयोजनमा रातको समयमा हुने विद्युत् खपतको शुल्क ४.४५ रुपैयाँदेखि ५.१५ रुपैयाँसम्म तोकिएको छ । पुसदेखि चैतसम्मका लागि भने यस्तो शुल्क १० रुपैयाँ भन्दा बढी तोकिएको छ । 


    images
    images

    Logo