images
images

प्रहरीद्वारा ३ लाखकाे अवैध सामान बरामद


  • 614
    SHARES
  • २०७८ भाद्र २९ गते मंगलबार

    प्रहरीद्वारा ३ लाखकाे  अवैध सामान बरामद

    नवलपरासी । अवैध रुपमा भन्सार छल गरी ल्याउँदै गरेको सामान बरामद प्रहरीले बरामद गरेको छ । 

    भारतबाट नेपालतर्फ ल्याउँदै गरेका करिब ३ लाख १६ हजार ७ सय रुपैयाँ मूल्य बराबरका विभिन्न सामानहरू पाल्लीनन्दन गाउँपालिका–४ भक्सिपुरबाट मंगलबार बिहान प्रहरीले बरामद गरेको हो । 

    सिमा प्रहरी चौकी महेशपुर नवलपरासी पश्चिमबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले मोटरसाइकलमा ल्याउँदै गरेको करिब २ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको भिडिओ क्यामराको पार्टपूर्जाहरु र ३४ हजार ३ सय रुपैयाँ बराबरको हार्डवयरका सामानहरु सोही स्थानमा छाडेर मोटरसाइकल लिई फरार भएपछि प्रहरीले बरामद गरेको हो । 

    हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


    images
    images

    Logo