images
images

१० महिनामा ६२ करोड ६३ लाख भन्दा बढीको यार्चागुम्बा निर्यात


  • 365
    SHARES
  • २०८१ जेठ ९ गते बुधबार

    १० महिनामा ६२ करोड ६३ लाख भन्दा बढीको यार्चागुम्बा निर्यात

    काठमाडौं । चालू आर्थिक वर्षको वैशाखसम्ममा  ६२ करोड ६३ लाख रुपैयाँ भन्दा बढीको यार्चागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको विवरण अनुसार वैशाखसम्ममा नेपालबाट  ६२ करोड ६३ लाख लाख ८९ हजार रुपैयाँ बराबरमा १ हजार २८६ केजी यार्चागुम्बा नेपालबाट निर्यात भएको हो । 

    भन्सार विभागका अनुसार हङकङ, कम्बोडिया, चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, बेलायत, अमेरिका र भियतनाममा निर्यात भएको छ । सबैभन्दा धेरै चीनमा ५७१ किलो यार्चागुम्बा निर्यात भएको छ । त्यस्तै, हङकङमा ४१२ किलो यार्चा निर्यात भएको छ । 

    वैशाखदेखि असारसम्म हिमाली क्षेत्रमा संकलन हुने यार्चागुम्बा नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये एक हो ।


    images
    images

    Logo